बलेवा,२२ श्रावण। बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो।

आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0