काठमाडौँ।आदर्श विद्या मन्दिर (एभिएम) की अर्सना महर्जनले केकेएम/एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन्।

काठमाडौं खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा प्राइम ग्लोबलकी प्राज्ना महर्जनमाथि ३–१ को सेटमा जित निकाल्दै अर्सनाले स्वर्ण जितेकी हुन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा उनले प्राज्नालाई ११–८, ११–४, ४–११ र ११–३ को सेटमा हराइन्। एभिएमकै एन्जेला क्षेत्री र प्रभातकी उरवी सुवाल तेस्रो भए।

गल्र्स टिम इभेन्टमा पनि एभिएम शीर्ष स्थानमा रह्यो। फाइनलमा एभिएमले प्रभातलाई ३–१ ले हरायो। प्राइम ग्लोबल र सेन्ट मेरिज तेस्रो स्थानमा रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0