काठमाडौँ । इजरायलमा हेरचाह क्षेत्रमा काम गर्न जाने नेपाली सहायक कामदार बिहीबार गोलाप्रथाबाट छनोट गरिएको छ।

इजरायलको जेरुसेलमस्थित जनसंख्या र अध्यागमन प्राधिकरण (पिआइविए) कार्यालयमा पूर्ण पारदर्शिता र प्रमुख अधिकारीहरूको सहभागितामा सम्पन्न भएको हो।

कुल दुई हजार दुई सय उम्मेदवारहरू यस चिठ्ठा प्रक्रियामार्फत इजरायलमा सहायक कामदारको रूपमा काम गर्न चयन गरिएको हो। चयन गरिएको समूहमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन्।

अनियमित छनोट (लटी) इजरायलको अध्यागमन निर्देशक मोशे नकाशको उपस्थितिमा गरिएको हो। छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न नेपालस्थित इजरायलको दूतावास, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीहरू प्रत्यक्ष प्रसारणमा सामेल भएका थिए। छनोटपछि, उम्मेद्वारहरूको अन्तिम चरणको स्वास्थ्य जाँच हुनेछ। शारीरिक तन्दुरुस्ती पुष्टि भएकाहरूले सन् २०२४ सेप्टेम्बरदेखि कामका लागि जाने जानकारी काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।

यसलाई दूतावासले नेपाल र इजरायलबीच चलिरहेको सहकार्यमा महत्त्वपूर्ण कदमको रूपमा चित्रण गरेको छ। नयाँ सम्झौताहरूमा घरेलु हेरचाह गर्ने क्षेत्र र कृषि क्षेत्रमा कामदार समावेश हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0