काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिन १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0