हालसालै एलिना थपलियाको म्युजिक भिडियो बजारमा आएको छ ।  केही वर्ष देखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी एलिना थपलिया अहिले केही व्यस्त छिन् । उनी अहिले म्युजिक भडियो तथा सिरियलहरुमा ब्यस्त छिन् । थपलिया एक राम्रो नर्तकी पनि हुन् भने उनी अभिनयमा पनि पारंगत छिन ।

पत्रकारितालाई समेत अगाडि बढाइरहेकी थपलियाको चाडै नै  अर्को सिरियल पनि रिलिजको तयारीमा रहेको छ । उनीद्धारा अभिनित म्युजिक भिडियो ‘बासैको चोया’ बोलको गितमा शब्द ,संगित सन्तोष कालिकोटेको रहेको छ भने गितमा संगित ऐरेन्ज जिवन बाडुले गरेका छन् ।

उक्त गितमा स्वर सन्तोष कालिकोटे र शान्ति श्री परियारको रहेको छ  । शिवजी क्षेत्रीको निर्देशनमा निर्मित म्युजिक भिडियोमा मोडेल एलिना थपलिया र स्वयंं शिवजी क्षेत्रीको अभिनय रहेको छ। म्युजिक भिडियोको छायांंकन नरेश अयरले गरको हुन भने यसको सम्पादन विनोद बमले गरेका छन । यस गितबाट आफू निकै आशावादी रहेको एलिना थपलिया बताउछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0