काठमाण्डौका मेयर बालेन शाहको आँखाका कसिङ्गर बनेका सुकुम्बासी वस्तीहरुका आफ्नै दर्दनाक पिडा छन । हो सुकुम्वासीका नाममा केही हुकुमवासी पनि होलान तर । हुकुमवासीको नाममा सुकुम्वासी प्रति हेर्ने कु दृष्टि आजको समाजमा बढदो छ । मेयर बालेनका आँखामा परेका तीनै सुकुम्वासीको कथामा बनेको चलचित्र आँखा यति खेर प्रचार प्रसारमा तिब्र रुपमा जुटेको छ ।

असोज ११गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र आँखा परम्परागत शैली भन्दा फरकशैलीमा प्रचार प्रसारमा जुटेकोले दर्शकको नजरमा आँखा परेको छ । अहिले काठमाण्डौ,ललितपुर र भक्तपुरको चोक चोकमा आँखाको फ्लेक्स बोकेका केही स्पाईडर म्यानहरु भेटिनसक्छन ।

तपाईहरु नझुक्किनु होला त्योनै चलचित्र आँखाले अपनाएको फरक प्रचार प्रसारको शैली हो । यसरी स्पाईडर म्याननै आँखाको ब्यानर बोकेर उपत्यकाका विभिन्न चोकमा निस्किँँदा उनलाई हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ ।

कति मानिसहरुले आँखाको ब्यानर बोकेको स्पाईडर म्यानसँग फोटो खिचाउने कसैले भिडियो खिचि फेसबुक ,रिल,टिकटकमा हाल्ने गरेका छन जुन अहिले फेसबुक,टिकटक लगायतका सामाजिक संजालमा भाईरल छ ।

केही हप्ता अघिमात्र आँखा चलचित्रको टिजर छोडिएको थियो । उक्त टिजरमा बुद्धी तामाङ्गले बोलेको “भाग्य पनि कता कता भागिरहेकोछ ” भन्ने सम्वाद अहिले हिट छ । अहिले सबैको मुखमा यही सम्वाद झुण्डिएको छ ।

टिजरमा आर के मेहेता र अस्मिता लामिछानेको साईलेन्स अ्याक्टले दर्शकको मन छुएको छ । अहिले काठमाण्डौका मेयर बालेन शाहले हटाउन खोजिरहेका तीनै सुकुम्वासीको कथमा आधारित चलचित्र हो आँखा ।

आँखाको टिजर दर्शकको आँखाबाट हटन नपाउँदै केही दिनकै अन्तरालमा आँखाको टिमले एकदम सान्दर्भीक तथा मर्मस्पर्शी “खुशी” बोलको गीत युटुवमार्फत सार्वजनकि गर्यो ।

जसले गर्दा आँखाले एक पछि अर्को गर्दै दर्शकको माया पाईरहेको छ । उक्त गीतमा गरिविले लुटिएका खुशी र रहरहरुलाई गाँठो पार्दै जिउनु पर्ने बाध्यतालाई देखाईएको छ ।

आँखामा आर.के. मेहेता रअस्मिताा लामिछानेको अल्लवा निशा अधिकारी,बुद्धी तामाङ्ग,पशुपति राई,विजय बराल,प्रविन खतिवडा,राजन खतिवडा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यस फिल्मका छायाँकार आलोक शुक्ला हुन । यसका लेखक तथा निर्देशक तथा निर्माता जौन योञ्जन हुन भने । यसका सहनिर्माता रेनुका कार्की ढोली हुन । सह निर्माता कार्की ढोली उनी आफै एक नाम चलेकी थिएटर कलाकार हुन । यस फिल्मका वितरक आर.आर फिल्मस प्रा.लि. हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0