काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल जान हेलिकप्टर प्रयोग गरेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री ओली काभ्रेको धुलिखेल जानका लागि प्रयोग गरेको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो । त्यसपछि फर्किने क्रममा अर्को हेलिकप्टरमा फर्किएका सैनिक स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले काभ्रे जाँदा प्रयोग गरेको सेनाको एनए ०६७ हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि नेपाली सेनाको एमआइ १७ हेलिकप्टर चढेर प्रधानमन्त्री ओली काठमाडौं फर्किएका हुन् ।

काठमाडौंबाट धुलिखेल जाने सडक विस्तारको क्रममा छ । त्यस क्रममा सडकमा धेरै खाल्डाखुल्डी परेको कारणले प्रधानमन्त्री हेलिकप्टर प्रयोग गरेर गएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0