काठमाडौँ,२१ श्रावण। बंगलादेशमा सैनिक “कु” भए पश्चात प्रधानसेनापति वाकर उज-जमानले देशको शासन व्यवस्थामा परिवर्तनको घोषणा गरेका छन्।

देशवासीका नाममा जारी सन्देशमा उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र अन्तरिम सरकार गठन हुने जानकारी दिएका हुन्।

सरकारी जागिरमा आरक्षणको खारेजीको माग गर्दै विद्यार्थीहरूको आन्दोलन चर्किएपछि शेख हसिनाले सोमबार देश छाडेकी थिइन्। प्रधानसेनापतिले देशवासीलाई धैर्य गर्न आग्रह गरेका छन्।

असहयोग आन्दोलनको नाममा सुरु भएको प्रदर्शनका क्रममा आइतबार मात्र ९८ जनाले ज्यान गुमाएका थिए। सोमबार चार लाखभन्दा बढी प्रदर्शनकारीले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको घर र कार्यालय घेराउ गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0