भाद्र १५ , २०८१। शनिबार तार्केश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलिमा कार्यालय रहेको काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।साधारण सभा संगै संस्थाले संस्थाका महिला सदस्यहरु बिच तिज विशेष कार्यक्रम पनि सम्पन्न गर्‍यो ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री माननीय अमन कुमार मास्के हुनुहुन्थ्यो । प्रमुख अतिथि मास्केले आफ्नो मन्तव्यमा भष्ट्राचारमा शून्य सहनशीलता अपनाईने प्रतिबद्धता दिनुभयो। साथै उहाँले हिन्दु महिलाहरूको महान चाड तिजलाई सभ्य तवरले मनाउदै आफ्नो संस्कृतिको जगेर्ना गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा संचालक समितिका सचिव बलराम फुयालले स्वागत मन्तव्य राख्नु भएको थियो।कार्यक्रम संचालन रामबाबु फुयालले गर्नुभएको थियो।

संस्थाका अध्यक्ष रामसुदन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन कार्यवाहक अध्यक्ष प्रह्लाद फुयाल शर्माले प्रस्तुत गर्नु भएको थियो ।संस्थाका अध्यक्ष रामसुदन भण्डारीले संस्थालाई उचाइमा पुर्याउन योगदान दिनुभएको भन्दै सेयर सदस्यहरुलाई धन्यवाद दिनुभयो।

समयाभावले ढिला गरि आईपुग्नु भएकी तार्केश्वर नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटीले महिला दिदिबहिनीहरु संग नाचगान गरी कार्यक्रमको रौनकता बढाउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0