भक्तपुर, २०८१ असोज ६ गते नेपाल सभात संघ तथा ताईक्वान्डो आईटीएफ नेपालको आयोजना तथा चित्तपोल आईटीएफ ताईक्वान्डो डोजांगको संयोजनमा यहि असोज ५ गते सूर्यबिनायक नगरपालिका १० स्थित बास्केटबल कोर्टमा एक दिवसीय दोश्रो नेपाल खुल्ला सभात (फ्रेंच बक्सींग) प्रतियोगिता सम्पन्न भएको छ। नेपालका ३३ जिल्लाका तथा भारतका १८६ पुरुष र ६७ महिला गरि कुल २५३ खेलाडी तथा अफिसियलको सहभागी रहेको थियो ।

महिलाको १० तथा पुरुषको २१ तौल समूहमा खेलाइएको उक्त प्रतियोगितामा पुरुष १८ वर्ष माथी ६० केजी मुनि तौल समूहमा काभ्रेका सुहान भोलन स्वर्ण, कुन्सांग तामाङ रजत तथा देभराज तामाङ र मनील श्रेष्ठले काश्य, ६०-६८केजी समूहमा सिन्धुलीका शान्त कुमार रानामगरले स्वर्ण, काठमाडौंका आस्तिक नकर्मीले रजत, सिन्धुपालचोकका निशान्त लामीछाने र भक्तपुरका भूपेन राज लामीछानेले कास्य पदक, ७० केजी माथी नेपालका सस्मन बस्नेतले स्वर्ण,भारतका सर्वेश यादवले रजत पदक जीतेका थिए भने महिला १८ वर्ष माथी ५४ केजी मुनि भक्तपुरकी आरती सिंखवालले स्वर्ण, अनुशा गोर्खालीले रजत र काभ्रेकी सुष्मा घ्याबाले कास्य पदक हात पारेका थिए ।

बिजयी खेलाडीहरूलाई प्रमुख अतिथी बागमति प्रदेश खेलकूद परिषदका सदस्य सचिव दीपक लामा, अतिथीहरु बागमती खेलकूदका प्रशासकीय अधिकृत दुर्गा दुलाल, भक्तपुर जिल्ला खेलकूदका पूर्व अध्यक्ष दिलीप केसी, ललितपुर खेलकूद प्रशिक्षण केन्द्रका अध्यक्ष सिद्धि व्यञ्जनकार , राष्ट्रीय ताईक्वानडो संघका उपाध्यक्ष सनीश लगेजू लगायतले मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

आईटीएफ नेपाल तथा सभात नेपालका अध्यक्ष तथा मुख्य प्रशिक्षक मास्टर लक्ष्मण बस्नेत (आईटीएफ ताईक्वानडोमा नेपालको लागी पहिलो अन्तराष्ट्रीय पदक विजेता एवं विश्व ताईक्वानडो प्रतियोगीता २०१६ यूके का पदक बीजेता) तथा चित्तपोल आईटीएफ डोजांगका प्रमुख सल्लाहकार बच्चन देउजाले सयुक्त उ‌द्घाटन गरेको प्रतियोगीतामा काभ्रेका ७ वर्षीय निरभ तामाङ तथा काठमांडौकी आयशा थापा मगर उत्कृष्ट खेलाडी भएका थिए।

यस प्रतियोगिताका अव्वल खेलाडीहरुले सन २०२५ को भारतको नया दिल्लीमा आयोजा हुने एशियन प्रतियोगितामा सहभागी हुने र उनीहरूले उक्त प्रतियोगीतामा पनि उत्कृष्ट खेल प्रदर्शन गरि नेपालको नाम बिश्व सामू चम्काउने छन भन्ने कुरामा आफू बिश्वस्त रहेको मास्टर लक्ष्मण बस्नेत बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0