लघुवित्तको कार्यक्रम मार्फत ग्रामीण समुदायमा उद्यमशिलताको विकास गर्दै समुदायका हरेक सदस्यलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन साना किसान लघुवित्त वित्तीय संस्था लि. ले अग्रणी भूमिका खेलिरहेको छ । ७९ प्रतिशत महिला सदस्यहरुको सहभागिता रहेका साझेदार संस्थाहरु मार्फत यस संस्थाको अगुवाईमा स्वरोजगार एवं रोजगारीका अवसर अभिवृद्धि गर्ने कार्य भईरहेको छ । देशको समग्र गरिबी निवारण गर्ने कार्यमा सघाउ पु¥याउने उद्देश्य लिएको यस वित्तीय संस्थाले देशभरी एघार (१२) वटा शाखा कार्यालय र केन्द्रीय कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।
७७ जिल्लाका १ हजार ६ सय ३२ वटा संस्थाहरु मार्फत २२ लाख परिवारका ८८ लाख सदस्यहरुमा थोक कर्जाका साथै क्षमता विकास, प्रविधिको हस्तान्तरण, युवा उद्यमशिलताका लागि पैरवी लगायका सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । यस लघुवित्तले नेपाल सरकार, अन्तर्राष्ट्रिय दातृ संघ÷संस्थाहरुको सहकार्यमा समुदायमा आधारित सहकारी संस्थाहरु मार्फत सामाजिक तथा सामुदायिक कार्यक्रम संचालनमा समेत सहयोग पु¥याउँदै आएको छ ।
यस वित्तीय संस्थाको वेभसाईट www.skbbl.com.np बाट थप जानकारी लिन सकिने छ ।