मङ्सिर १६ गते देवस्थलि माैरी कृषि फर्मकाे आयाेजनामा बागमति प्रदेश भित्र रहेर माैरी पालक र पालन गर्न ईच्छुक कृषकलाई एकदिने तालिम प्रदान गरिएकाे छ।

कार्यक्रम फर्मका अध्यक्ष श्यामकृष्ण श्रेष्ठकाे अध्यक्षतामा काठमाण्डाै जिल्ला तारकेश्वर २ ढकालटार स्थित तालिम केन्द्रमा तालिम सञ्चालन गरिएकाे हो ।

तालिममा धादिङ,नुवाकाेट, रसुवा ,काभ्रे काठमाण्डाै ललितपुर,सिन्धुपाल्चाेक, मकवानपुर, चितवन लगायतका जिल्लाका कृषकहरु तालिममा सहभागी भएका थिए। तालिम कार्यक्रममा भिम प्रसाद अधिकारी,दिपक थापा र बिकास ढकालले प्रशिक्षण गराउनु भएकाे थियाे।

यस्ता खाले तालिमले कृषकलाई कृषि पेशामा लाग्न उत्प्रेरित गर्ने र जिपनोपयोगी हुने कार्यक्रमका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ बताउनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0