काठमाडौं १९ असोज । ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा असोज १९ गते शनिबारका दिन सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष रविन्द्र केसीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । टुसाल पार्टी प्यालेस तथा मल्टिभेन्युमा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय अमन कुमार मास्के क्याबिनेट बैठकको कारण अनुपस्थित रहनुभयो भने विशिष्ट अतिथी तार्केश्वर नगरपालिकाका मेयर स्वास्थ्य समस्याका कारण आउनुभएन।
केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै संस्थाका अध्यक्ष रबिन्द्र केसीले पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको जस्तो देखिए पनि ॐ शिवपुरी बचत तथा ऋण सहकारीका सेयर सदस्य आत्तिनु नपर्ने र यो संस्था संग त्यस्ता खाले कुनै समस्या नरहेको बताउनुभयो । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत बताउनु भयो। कार्यक्रम संचालन कार्यालय प्रमुख श्री कृष्ण श्रेष्ठले गर्नुभएको थियो।
संस्थाले शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्नका लागि शेयर सदस्य परिवारबाट २०८० को एसईईमा उत्कृष्ट अकंसहित उर्तिण गर्नुहुने विद्यार्थी रोशन तामाङ र रिदिमा श्रेष्ठलाई सम्मान पत्रसहित नगदले पुरस्कृत गरिएको थियो ।निजी विद्यालय ग्रीन हिल्स एकेडेमीबाट एसईई उर्तिण श्रेष्ठले ३.९५ जीपिए ल्याएकी थिईन भने सामुदायिक विधालय कालिदेवी मावीका तामाङले ३.७४ जिपिए ल्याएका थिए। यस्तै गोपिनी चापागाई सम्झना सम्मानबाट ३.७९ जिपिए ल्याएका काभ्रेस्थली मावीका विधार्थी आदित्य गौताम सम्मानित भए ।कार्यक्रममा विभिन्न विधालयका प्रधानाध्यापक र सहकारी संस्थाका अध्यक्षहरु अतिथीका रुपमा हुनुहुन्थ्यो ।
उत्कृष्ट बचतकर्ता सम्मानित
संस्थाले बचतकर्ताहरुलाई प्रोत्साहनका लागि विभिन्न विषयगत पुरस्कारहरु स्थापना गरी हरेक वर्ष सम्मानित गर्दै आएको छ । यस वर्ष उत्कृष्ट कर्मचारीको रुपमा साधारण बचततर्फ अक्षम चौधरी थारु,दिपक लामा र मिरा कुमारी तामाङ सम्मानित हुनुभयो।उत्कृष्ट गृहिणी बचतबाट तारा लामिछाने ,बाल बचतबाट गौतमनाथ योगि,खुत्रुके बचतबाट प्रनिश सञ्जेल,,आवधिक बचतबाट लुल कुमारी चम्रेल सम्मानित हुनुभयो भने ऋण कारोबार गर्ने शेयर सदस्य निरञ्जना लोप्चन,रमेश लामा र गणेश बहादुर थापा मगर सम्मानित हुनुभयो। उत्कृष्ट शेयर सदस्य बचतमा अर्जुन अधिकारी र ॐ शिवपुरी विशेष बचत खाता योजनामा सजिवन खड्गी (बाल बचत) सम्मानित हुनुभयो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि काभ्रेस्थली वडा २ का वडाध्यक्ष राधाकृष्ण खड्गीले काभ्रेस्थलीमा थुप्रै सहकारी रहेता पनि त्यस्तो केही खास समस्या नरहेको र ॐ शिवपुरीले अझ बढी प्रगति गरेको आफुले हेर्न र सुन्न चाहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रबिन्द्र केसीले व्यवस्थापकीय प्रगति प्रतिवेदन-२०८१ पेस गर्नुभएको थियो । संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको आव २०८०\०८१ को प्रगती प्रतिवेदन संयोजक शम्भुधन रावलले पेस गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष वसन्त शर्माले आर्थिक प्रतिवेदन पेस गर्भएको थियो। ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका संयोजक लक्ष्मी राज चापागाईंले पेस गर्नुभएको थियो।(फोटोफिचर सहित)