काठमाडौं । गायक हिमाल राईले नयाँ गीत ‘छेकामारी’ ल्याएका छन् । राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको गीत किराँती भाकामा आधारित रहेको तयार पारिएको छ ।
गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् । मायाप्रेमको भावलाई व्याख्या गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकर फिचर्ड छन् ।
माया प्रेमको चर्चा र वर्णन गरिएको गित हिमाल राई अफिसियल युटुबबाट रिलिज गारिएको छ। यस गितबाट आफू आशावादी रहेको गायक हिमाल राई बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1