फिदिम । पाँचथर जिल्लाको फालेलुङ गाउ‘पालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाले ज्यान गुमायका छन् । ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउँ टोलका ११ वर्षीय दिप्सन साँवा र उहाँकी २ वर्षीय बहिनी प्रिन्सा साँवा छन् ।

दुवै जना स्थानीय दिलीप साँवाका छोराछोरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षकले बताउनुभयो ।

विस्फोटमा परी स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन राई घाइते भएको छन । दिउँसो तीन बजे स्थानीय आइतराज केरुङको घरमा विस्फोटमा परी घाइते भएको हो ।

घाइते भए लगत्तै उपचारार्थ पाँचथर अस्पताल ल्याइएका दिप्सन र प्रिन्सालाई तत्काल झापाका लागि रेफर गरिएकोमा प्रिन्साको राती १० बजे इलाम पुर्याउदा बाटोमै निधन भएको पनि थियो ।

घाइते मध्येका पवनको अवस्था सामान्य छ । उहाँको पाँचथर अस्पतालमै उपचार भइरहेको छ । उनीहरू होम मेड ग्रिनेट पड्केर घाइते भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखले बताय ।

घटना स्थलमा अर्को एउटा शङ्कास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि प्रहरीको भनाई छ  ।

बम कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0