काठमाडौँ,७ भाद्र। स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार आज पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0