काठमाडौँ,२४ श्रावण। जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ।

दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावनाका बीच सुरक्षित रहन सरकारले अपिल जारी गरेको छ।

भूकम्पले के कति क्षति पुर्यायो भन्ने विवरण आउन बाँकी छ। गत जनवरीमा जापानको इशिकावामा ७.६ तीव्रताको भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0