काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्नका लागि आज बुधबार अन्तिम दिन तोकिएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ५ लाख २४ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।  कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग गरेकोमा १ दिन बाँकी रहँदा अर्थात् मंगलबार साँझ ५ बजेसम्म कुल २ करोड ८३ लाख कित्ताको माग आवेदन परेको हो । कुल १० अर्ब २२ करोड रुपैयाँ रकमको आवेदन परेको छ ।

सीडीएसको अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने छ । बुक बिल्डिङ विधिबाट पहिलो पटक यस कम्पनीको आईपीओको मूल्य निर्धारण भई सर्वसाधारणमा बिक्री खुला भएको हो । यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0