धनगढी कैलालीको भजनी नगरपालिका–७ चर्रास्थित अतिक्रमित पुरैना तालको जग्गा रेखाङ्कनको कार्य सुरु भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको आग्रहमा नापी कार्यालयले अतिक्रमित जग्गा रेखाङ्कन गर्न थालेको हो । सो कार्यका लागि नापी कार्यालयले दुई जना अमिनलाई फिल्डमा खटाएको छ ।

तालको जग्गा रेखाङ्कन कार्य भइरहेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । विगतमा ठुलो सिमसार पुरैना ताल २०६४ र २०६५ सालको बाढीले गर्दा पुरिन सुरु भएको थियो । त्यसपछि अतिक्रमणको चपेटामा परेको तालको अस्तित्व २०७० सालतिर समाप्त भएको जनाइएको छ । सो तालको जग्गा चर्रा र हिम्मतपुर गाउँका गरेर करिब एक सय जना किसानले खनजोत गरिरहेका बताइएको छ ।

बाढीले ताललाई पुरेपछि किसानले आ–आफ्नो जग्गा रहेको क्षेत्रमा सिधै कित्ता काट गरेर तालको जग्गा खनजोत गर्न थालेको प्रवक्ता चौधरीले बताउनुभयो । बसन्ता कोरीडोर र दुधुवा नेशनल पार्कको काखमा यो ताल रहेको थियो । स्थानीयका अनुसार पुरैना ताल करिब ५०० बिघा जमिनमा फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0