काठमाडौँ ।आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल नामिबियाँसग पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको दोस्रो खेलमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले राम्रो प्रदर्शन गर्दै नेपालमाथि २ विकेटले जित हात पारेको हाे।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर पनि खेल्न सकेन। ५० ओभरमध्ये ३७ दशमलव १ बल खेल्दै नेपालले सबै विकेट गुमाएर १६८ रन मात्रै बनाउन सक्यो।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो।

यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0