काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले एपीएफलाई ५ विकेटले पराजित गरेको छ ।
प्रधानमन्त्री कपको इतिहासमा एपीएफमाथि पहिलो जित हात पार्ने क्रममा २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
त्यसपछि निरज र रुपेशले पाँचौ विकेटका लागि ८७ रनको अर्को साझेदारी गरे । निरज ५२ रनमा आउट भए भने रुपेश ७२ रनमा नट आउट रहे । रुपेशले ४ चौका र ३ छक्का हाने ।
ब्याटिङ गर्दा अविनाश बोहोरा घाइते भएपछि एपीएफलाई बलिङमा समस्या भएको थियो र जसको असर नतिजामा नै देखियो ।
यसअघिका दुई खेलमा ५ विकेट लिएका अविनाश ब्याटिङ गर्दा४८.२ ओभरमा घाइते भएका थिए । उनी रिटायर्ड हर्ट भएपछि एपीएफको लगातार २ विकेट गयो । त्यसपछि फेरि ब्याटिङमा आए पनि अविनाश बलिङमा आएनन् ।
यसअघि पहिला ब्याटिङ गरेको एपीएफले आसिफ शेखको ५९ रन मद्दतमा २४६ रन बनाएको थियो ।
शेखले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । नट आउट रहेका अमर रौतेला अर्धशतक पूरा गर्नबाट १ रनले चुके । मधेशका लागि रुपेश सिंह र प्रदीप पासवानले समान ३/३ विकेट लिए । रञ्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।
प्रतियोगितामा मधेशको यो दोस्रो जित हो । यसअघि कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो हार व्यहोरेको एपीएफले यसअघि बागमती प्रदेश र कोशी प्रदेशलाई हराएको थियो ।