काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।
मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो ।
शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।
शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको उद्योगका सन्चालक तथा नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1