MELBOURNE, AUSTRALIA - JANUARY 04: Sandeep Lamichhane of the Stars celebrates after dismissing Tom Cooper of the Renegades during the Big Bash League match between the Melbourne Stars and the Melbourne Renegades at the Melbourne Cricket Ground on January 04, 2020 in Melbourne, Australia. (Photo by Daniel Pockett/Getty Images)

काठमाडौं,१९ पुस । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो । उनले अघि भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं ।

जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
1
+1
0
+1
0
+1
0