काठमाडौँ,३२। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो।

शुक्रबार छापावाला सुनको मूल्य ९ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0