फिल्म निर्देशक दिनेश पौडेललाई ठुलो बज्रपात परेको छ। २६ बर्ष उमेरको लक्का जवान छोरो विवेकलाई गुमाउनु पर्दा निर्देशक पौडेलको जीवनमा ठूलो पिडा आएको छ ।

छोरा विवेकलाई नयाँ नेपाली फ्लिममा डेब्यु गराउने योजना बमोजिम सिक्किमका नेपाली मुलका फ्लिम निर्मातासंग छलफल गर्न पौडेल सिक्किम गएका थिए । यता नेपालमा भने श्रावण २४ गते छोरो विवेक २ जना साथी संग सुन्दरीजल, धापड्याम स्थित नागमती खोलामा पौडी खेल्न गए।

तर दुर्भाग्य विवेकलाई पौडी खेल्दाखेल्दै खोलाले बगाएर बेपत्ता पार्यो । श्रावण २५ शुक्रबार छोराको लास भेटियो । खबर पाउने बितिक्कै सिक्किमबाट पौडेल फर्किएर अहिले एउटै मात्र लक्का जवान छोराको किरिया गर्न कोरामा छ्न । दुःखान्त फ्लिमको क्लाईमेक्सको कहानी जस्तो बनेर निर्देशक पौडेलको जीवनमा दशा आईपरेको छ ।

यतिखेर पौडेलको छोरालाई नायकमा डेब्यु गराएर नयाँ फ्लिम बनाउने योजना सबै भताभुङ्ग भएका छन । यस्तो विपतको घडीमा पनि निर्देशक पौडेलले नत निर्देशक समाज,नत निर्माता संघ नत कलाकार संघको सहानुभूति पाएका छन् ।

कोहीपनी नेपाली चलचित्र जगतका ब्यक्तिहरु पौडेललाई परेको दुःखमा सान्त्वना दिन नआएको देख्दा अचम्म मान्नुपर्ने भएको छ । पौडेलले गद्धार, ‘शंकरदादा, दि मस्ट वान्टेड, जस्ट फर यु , कम्पन, कसुर, रे जस्ता फ्लिम निर्देशन गरिसकेका छन । नेपाली कलाकर्मीहरुले यस्तो विपतको अवस्थामा पौडेल प्रति सहानुभूति व्यक्त गर्नु पर्ने होईन र?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0