सप्तरी । पहाडी भेगमा वर्षा सँगै सप्तकोशी नदीमा पानीको बहाव अत्याधि बढेपछि कोसी ब्यारेजका ३० वटा मात्र ढोका खुला गरिएको छ ।

मङ्गलवार दिउँसो २ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव २ लाख १९ हजार ११५ क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ ।

कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0