काठमाडौं । नेपालका पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई शनिवार एक कार्यक्रमका बीच विशेष सम्मान गरिएको छ । सांस्कृति कला विकास समुह नेपालद्वारा आयोजित विशेष सम्मान एवं सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभापति इन्दिरा रानाले थापालाई विशेष सम्मान अर्पण गर्नुभयो ।

यसैगरी कार्यक्रमामा समाजसेवी ल्हाक्पा तमाङ, बरिष्ठ संगीतकार सम्राट थापा ,बरिष्ठ समाजसेवी जीबन थापा , सामाजसेवी रिमा राई , बरिष्ट ब्यूटिसियन मन्जु खत्री, बिद्या श्रेष्ठ, लिना सुबेदी , बिमला कोईराला, गायिका ज्योती ढुङगाना, हाईजेनिक वल्ड अर्गनाईजेशनका अध्यक्ष, प्रेमबहादुर कार्की,ब्लु बेरी मिडिया प्रा।लि।का संचालक श्री अमृत सागर र नेपाली पहिलो महिला नौमती बाजा समूह लगायत उत्कृष्ट सम्मान २०८१ नायिका बबिता नेयोङहाङ र लोकेन सॅवा लाई प्रदान गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष रञ्जुु राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम सांस्कृतिक कला विकास समुहका अध्यक्ष दिल बहादुर कटुवालले कार्यक्रमको संयोजन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0