काठमाडौँ,२४ श्रावण।कारोबार हुने साताको अन्तिम दिन सेयर बजार नेप्से परिसूचक ६.७ अंकले बढेको छ। यो वृद्धिसँगै परिसूचक २७६६.३८ अंकमा पुगेको छ।

सेयर बजारमा बिहीबार २० अर्ब बढीको कारोबार भएको छ। नेप्सेमा बिहीबार ३२२ स्टकको २ लाख ९ हजार पटकको कारोबारमा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भयो।

बिहीबार ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो। ४ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक र फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको छ। हिमालयन री इन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको करिब साढे ९२ करोडको शेयर किनबेच भएको छ।

कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0