काठमाडौँ २२ श्रावण। सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रूपैयाँले घटेको छ।

सोमबार प्रतितोला एक लाख ५० हजार रूपैयाँ कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार रूपैयाँ कायम भएको छ। सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि एक हजार सात सय २५ रूपैयाँ निर्धारण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0