युनाईटेड किंगडम ( युके ) मा हिजो ४ जुलाईमा भएको आम निर्वाचनको मत परिणाम आउन शुरुगरेको छ । जहाँ विपक्षी लेवर पार्टीले अहिले सम्मको मत परिणाम सार्वजनिक हुँदा सम्म १०२ सिट र कन्जर्वेटिव पार्टीले मात्र ९ सिटमा विजय हासिल गरेको छ । १४ बर्ष सम्म एकलौटी सासनसत्ता सम्हाल्दै आएको कन्जर्वेटिव पार्टीको यात्रा यस निर्वाचनको अन्तिम मतपरिणम सम्म आईपुग्दा फराकिलो मतान्तरले ब्रेक लाग्ने निश्चित प्राय ः छ ।

युकेमा कुल ६५० निर्वाचन क्षेत्र छन । यस मध्ये ५३३ सिट ईगंल्याण्डमा , ५९ सिट स्कटल्याण्ड , ४० सिट वेल्स र १८ सिट उत्तरी आयरल्याण्डमा पर्दछन । ६५० जना सदस्य रहको (सदन हाउस अफ कमन्स) मा कुनै पनि दललाई सरकार बनाउन मात्र ३२६ सिटको आवश्यक्ता पर्दछ । ।

बीबीसी–इप्सोसले गरेको मत सर्वेक्षण अनुसार कियर स्टार्मरले नेतृत्व गरेको लेबर पार्टीले ४१० र प्रधानमन्त्री ऋषि सुनकको नेतृत्व रहेको कन्जर्वेटिभ पार्टीले मात्र १३१ मत ल्याउन सक्ने अनुमान गरिएको छ । त्यसैगरी युकेककै अर्को संस्था युगभले गरेको मत सर्वेक्षण अनुसार ऋषि सुनकको कन्जर्वेटव पार्टीले १०२ प्रधानमन्त्रीका दावेदार पार्टी कियर स्टारमरको लेबर पार्टीले ४३१ सिट ल्याउने भविष्यवाणी गरेको छ । मत सर्वेक्षेणलाई आधार मान्ने हो भने लेबर पार्टीले जवरजस्त कम्ब्याक गर्ने सम्भावना देखिएको छ । मत सर्वेक्षण र आउँदै गरेको मत परिणाम वास्तविकताको नजिक रहेको कुरामा दुई मत छैन । त्यसैले आफ्नो र आफ्नो पार्टीको लज्जास्पद हारको भविष्यवाणी गरिसकेका भारतीय मुलका बेलायती प्रधानमन्त्रीले भोलि राजिनामा दिने भएका छन ।

२०१० देखि सत्तसिन कन्जर्वेटिव पार्टीबाट हाल सम्म ५ जना लगातार प्रधानमन्त्री भईसकेका छन । २०१० को जितमा डेविड केमरुन प्रधानमन्त्री बन्दा २०१५ को निर्वाचनबाट लगातार दोश्रो चोटी पनि क्यामरुननै प्रधानमन्त्री बने । तर २०१६ मा उनले कारणबश पद छोड्नु पर्यो र उनको ठाउँमा कन्जर्वेटिव पार्टीकै थेरेसा मे प्रधानमन्त्री पद बनिन ।

त्यसैगरी २०१९ को आम निर्वाचन बाट बोरिस जन्सन युकेको प्रधानमन्त्री बने । कोभिड १९ को बर्षमा उनी पूर्णरुपमा अर्थत्रन्त्रलाई असफल बनाएको र अन्य ब्यक्तिगत तथा सार्वजनिक आरोपका कारणले उनले पनि विचमै पद छाड्नु परयो त्यस पछि लिज ट्रस प्रधानमन्त्री बनीन तर उनी सिर्फ ५० दिनको मात्र प्रधानमन्त्री बनिन र पछि उनकै ठाउँमा भारतीय मुलका युके नागरिक ऋषि सुनक प्रधानमन्त्री बने ।

विभिन्न संघ संस्थाको सर्वेक्षेण तथा सार्वजनिक हँदै गरेको सार्थक मत परिणामले युकेका जनताले कन्जर्वेटिभ पार्टीको १४ बर्षे यात्रालाई यहीं ब्रेक लगाए लेबर पार्टीलाई हरियो झण्डा देखाएका छन भने प्रधानमन्त्रीका दावेदार लेवर पार्टीका नेता कियर स्टारमर युकेका अवका प्रधानमन्त्री बन्ने छन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0