युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताएका छन्।

मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ। संस्थालाई आवश्यक पर्ने अन्य ऐन मेरै कार्यकालमा पारित गर्नेगरी प्रयास गर्छु। ”

उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

मन्त्री चौधरीले सात सय ५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवामा चरित्र निर्माणमा मद्दत मिल्ने बताए।

युवा तथा बालकालिकामा सामाजिक संस्कार र नैतिकता खस्किँदै गएकामा उनले चिन्ता व्यक्त गरे। स्काउटले प्राकृतिक विपत्तिका बेला गरेको सेवाको उनले प्रशंसा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0