काठमाडौँ ।  उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गरिएको छ।

आज बसेको न्याय परिषद बैठकको सिफारिसमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश थपलिया र न्यायाधीश निरौलालाई पदमुक्त गरेका हुन्।उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ परिषदले बर्खास्त गर्न सिफारिस गरेको थियो।

आजै बसेको बैठकले काठमाडौँ जिल्ला राजकुमार कोइरालालाई सचेत गराएर काठमाडौंबाट महोतरी सरुवा गरिएको छ।

थपलियामाथि पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा मुद्दाहरू मिलाउने र मोलाहिजाको काम गरेको लगायतका आरोप लागेको थियो।

संविधानको धारा १४२ उपधारा १ (ग) अनुसार उच्च अदालतका न्यायाधीश र १४९ को उपधारा ६ (ग) मा जिल्ला न्यायाधीशको कार्यक्षमता अभाव खराब आचरण लगायतमा कारबाही भए पद मुक्त गर्न सकिने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0