काठमाडौं । फिल्म ‘डन–३’ मा अभिनेता रणवीर सिंहसंग कियारा आडवाणी देखिने भएकी छिन्। निर्माण पक्षले फिल्लमा नायिका  कियारा आडवाणी लिएको जानकारी दिएको छ।

निर्देशक फरहान अख्तरको यस फिल्ममा रणवीर सिंहसँग कियारा आडवाणील स्क्रिन सेयर गर्ने भएकी हुन्।

फिल्मका निर्माताले एक भिडियो शेयर गर्दै ‘डन ३’ मा कियारा आडवाणीको नाम पुष्टि गरेका छन्। भिडियो शेयर गरेर निर्माताले कियारालाई डन ‘युनिभर्स’मा स्वागत गरेका थिए। यस फिल्ममा कियारा आडवाणी पहिलो पटक रणवीर सिंहसँग स्क्रिन सेयर गर्नेछिन्।

फरहान अख्तरको फिल्म ‘डन ३’ मा कियाराको नाम आएपछि फ्यानहरू फिल्मलाई लिएर झनै उत्साहित भएका छन्। यो फिल्ममा दुवै स्टारले पहिलो पटक ठुलो पर्दामा रोमान्स गरेको देखिनेछ।

फिल्म  ‘डन २’ मा शाहरुख खान र प्रियंका चोपडाको जोडी थियो। उनीहरूको अनस्क्रिन जोडीलाई दर्शकले निकै रुचाएका थिए।

रिपोर्टका अनुसार ‘डन ३’ को सुटिङ यसै वर्षको अगस्टमा सुरु हुन सक्छ। अहिले फिल्मको टिमले प्रि–प्रोडक्सनको लागि पूर्ण तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0