काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले पार्टीले बुधबारबाट सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन्।

मंंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन हो। यसलाई ख्यालठट्टा नठान्न म आग्रह गर्छु। यो अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तनक, मंहगी नियन्त्रण जस्तो आन्दोलन होइन।’ उनले भने।

उपनेता तामाङले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे।

पर्टीका सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्न लागेको बताए।

‘यो आन्दोलन व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि गरिएकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउनुहोला।’ उनले भने।

सांसद जबराले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गरे। उनले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0