काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।दिनभरजसो नेप्सेपरिसूचक तिव्र उतारचढावपूर्ण हुदैँ १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ। मंगलबार १५० कम्पनीको सेयर घट्यो भने ९० कम्पनीको सेयर बढ्यो। ९ कम्पनीको सेयर स्थिर रह्यो।

मंगलबार ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८ रुपैयाँको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भएका छन्। सेन्सेटिभ सूचक ०.८८ अंकले घट्यो। फ्लोट सूचक ०.२१ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि ०.३० अंकले घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये मंगलबार नेप्सेका ८ उपसमूह घट्यो भने पाँच उपसमूह बढ्यो। मंगलबार घट्ने उपसमूहमा जीवनबीमा रह्यो। सो उपसमूह ४२.५२ अंकले घट्यो।

त्यसैगरी माइक्रोफाइनान्सतर्फ २७.२० अंक र होटल तथा पर्यटनतर्फको उपसमूह पनि ९.७८ अंकले घटेको छ।

मंगलबार बढ्ने उपसमूहमा उत्पादन तथा प्रशोधनतर्फ रह्यो। सो उपसमूह ४०.९० अंकले बढेको छ। त्यसैगरी अन्यतर्फको उपसमूह पनि १९.०१ अंक र फाइनान्सतर्फ पनि १२.९१ अंकले बढेको छ।

मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनी रह्यो। ति दूवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोर्थ स्कीम ३ को सेयर पनि ८.२७ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर पनि ७.९२ प्रतिशतले घटेको छ।

मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा ग्रीनलाइफ हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। त्यसैगरी किसान लघुवित्त संस्थाको सेयर ७.७१ प्रतिशत र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर पनि ४.८३ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको थियो। सो दिन २२५ कम्पनीको सेयर घट्यो भने २१ कम्पनीको सेयर मात्रै बढ्यो।

दुई कम्पनीको सेयर भने स्थिर रह्यो। आइतबार एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको सेयर कारोबार भयो।

सोमबार भने प्रजातन्त्र दिवस भएकाले पनि सेयर कारोबार भएन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0