चंडीगढ । भारतको चंडीगडमा सम्पन्न भएको प्रथम दक्षिण एसियाली सभात (फ्रेन्च बक्सिङ्ग) प्रतियोगितामा नेपालले १० स्वर्ण , ८ रजत र ९ कास्य पदक जितेको छ ।

जनवरी २१ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा इण्डियन ओपन सभात प्रतियोगितामा नेपालले ९स्वर्ण , २ रजत र २ कास्य पदक जितेको हो । नेपाल सभात (फ्रेन्च बक्सिङ्ग) संघबाट ३ महिला र १२ पुरुषले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा ४८ केजी जुनियर लाइट कन्ट्याक्टमा प्रशांत बुढा मगरले नेपालका लागि पहिलो स्वर्ण जितेर खाता खोलेका छन् । उनले खुल्ला प्रतियोगिताको सोही तौल समूहतर्फ स्वर्ण पदक जितेका छन् ।

५५ केजी यूथ असटमा सुहान भोलनले स्वर्ण र उनले खुल्ला प्रतियोगिताको सोही तौल समूहमा पनि स्वणर् पदक जितेका छन् ।

६० केजी सिनियर असटतर्फ गयाजी खड्काले स्वर्ण कमब्याटतर्फ रजत र सोहि तौल समूहको खुल्ला प्रतियोगितामा पनि स्वर्ण जितेर खड्काले कुल तिन पदक नेपाललाई जिताउन सफल भएका छन् ।

७० केजी सिनियर असटतर्फ बेरबहादुर घिसिङ्गले स्वर्ण , कमब्याट (फूल कंटायक्ट) तर्फ कास्य र खुल्लातर्फ पनि कास्य पदक जितेका छन् । ८० केजी यूथ असटतर्फ विनोद बिकेले स्वर्ण , खुल्ला असटतर्फ पनि स्वर्ण , ८० केजी सिनियर असट् र कमब्याट र खुल्लातर्फ सस्मन बस्नेतले ३ स्वर्ण जितेका छन् ।

६० केजी सिनियर कमब्याट र असटतर्फ सुजन साल्मीले क्रमशः स्वर्ण र रजत, ५२ केजी सिनियर महिला कमब्याट र असटतर्फ स्वर्ण र रजत हात पारेकि छिन् । खुल्लातर्फ पनि स्वर्ण पदक हात पारेकी छिन् ।

सुरक्षा थापाले ४८ केजी सिनियर महिला कमब्याटमा स्वर्ण , असटतर्फ रजत र खुल्ला प्रतियोगिताको असटमा पनि रजत पदक जितेकी छिन् । मनिल श्रेष्ठले ६५ केजी यूथ असटमा रजत र खुल्ला असटतर्फ कास्य पदक हात पारेका छन् ।

६५ केजी सिनियर असट् र कमब्याटतर्फ देवराज तामाङले क्रमश रजत र कास्य पदक जितेका छन् । सोही तौल समूहको खुल्ला प्रतियोगितातर्फ भने स्वर्ण पदक हात पारेका छन् ।

५५ केजी यूथ असटतर्फ निशान्त लामिछानेले रजत र खुल्लातर्फ कास्य पदक जितेका छन् । ४८ केजी सिनियर महिला असट् र कमब्याटमा अनुशा गोर्खालीले कास्य र खुल्लातर्फ भने स्वर्ण पदक हासिल गरेकी छिन् ।

६५ केजी सिनियर असट् तथा कमब्याटमा शान्तकुमार राना मगरले क्रमशः कास्य र रजत जितेका छन् । खुल्लातर्फ पनि रजत पदक हासिल गरेका छन् ।

नेपालका अस्तिक नकर्मीले ७० केजी सिनियर असटतर्फ कास्य पदक हात पारेका छन् । सोहि तौल समूहको खुला प्रतियोगितामा स्वर्ण पदक हासिल गरेका छन् ।

पिताम्बर गौतम र इन्जिनियर राहुल पटेल टिम मनेजर रहेको नेपाली टीमका कोच तथा नेपाल सभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले आफ्ना खिलाडीहरुले अनुशासित भई उत्कृष्ट खेल कौशल प्रदर्शन गरी भारतीय तथा उज्बेकिस्तानका खिलाडी, प्रशिक्षक तथा दर्शकको मन जित्न सफल भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0