काठमाण्डौ । मोरङ जिल्ला बाट मोडलिङ गर्दा गर्दै काठमाण्डौ छिरेका फौद सिह तामाङ’फौद प्रिन्स’ तामाङले यो रंगिन दुनियाको लागि फरक पहिचान बनाउन सफल भएका छन् ।जसरी भए पनि नेपाली चलचित्र क्षेत्रमा नाम कमाउने उदेश्य लिएर काठमाण्डौ छिरेका तामाङ लाई बलिउडमा मोड्लिङ गर्दै नायक बन्ने ट्रेन्ड देखेर काठमाण्डौ प्रबेश गरेर थप मोडलिङ सम्बन्धि तालिम लिंदा लिंदै भिडियो सम्पादन तालिम प्रति पनि चासो बढे सँगै उनले प्रोडक्शन हाउसमा तालिम पनि गरे सम्पादन सम्बन्धि तालिम गर्दा गर्दै उक्त प्रोडक्शन हाउस बाट बनेको टेलिचलचित्र ‘द कलेज’मा अभिनय गरि उनले सानो पर्दाको यात्रा शुरु गरेका थिए ।

अपरिपक्क उमेर भए पनि परिपक्क कलाकारहरु लब शर्मा, हस्य कलाकार साम्देन शेर्पा सँगको पहिलो स्क्रिन शेयर अहिले पनि अबिश्मरणिय रहेको बताउछन् । त्यसो त मोड्लिङ दुनियामा फेसन सो, पेपर एड ,र टि.भि बिज्ञापनमा काम गरेको अनुभबले गर्दा अभिनयमा हिच्किचाहट नभएको उनले बताए।र्याम, पेपर,टि.भि एड मोडलिङ र टेलिचलचत्रको अनुभब बाड्दा बाँड्दै आफुलाइ डाईरेक्शन गर्न हुटहुटी चलेपछि भिडियो सम्पादन सँगै क्यामारा संन्चालन सम्बन्धि तालिम लिएका तामाङले २००६ तिर नै पहिलो म्युजिक भिडियो सम्पादन र निर्देशन गरी मोडल,कलाकार, भिडियो सम्पादक, र निर्देशकमा छाप छोडेका थिए।

उनले भने मैले छाँयांकन गरेका धेरै म्युजिक भिडियो, सट फिल्म र टेलि चल्लचित्रहरु छन् त्यसैले मेरो परिचय काममा नजिकिएका ब्यक्ति अनुसार नै छ । केहि गितहरु समेत गाएका तामाङलाई कतिपयले गायकको रुपमा पनि चिन्छन् रे तर सोखले गाएको हु म गायक भने हैन उनले भने।यति मात्र थिएन उनको परिचय हामीले प्रश्न गर्यौ तपाई संचारकर्मी पनि हैन र? उनले हाँस्दै बताए यो मैले पढेको हु र ब्यबहारमा उतारेको हु पत्रकारितामा पनि मेरो सोख हो । उनले नेपाली चलचित्र दृष्टि बाट ठुलो पर्दामा छलाङ मारेका थिए ।

नेपाली चलचित्र जगतका बिशिष्ट कलाकारहरू युवराज लामा, शर्मिला मल्ल, शुबास गजुरेल, रूष्मा राई जस्ता कलाकारहरु सँग स्क्रिन सेयर गरेपछि मनोबल बढेको तामाङ बताउछन् । त्यसैगरी डिजिटल चलचित्रको बाढी आईरहेको बेला नेपाली कथानक चलचित्र अभियान बाट आफ्नो चलचित्र सम्पादनको दुनियमा पाइला टेकेका तामाङले क्रमश चलचित्र ‘दृष्टि, ‘आईलभ यु ‘, हुदै सम्पुर्ण चलचित्र बाट देखेका र भोगेका कुरालाइ नजिक बाट नियाल्दै अनतत आफ्नै ब्यानर बाट २०६८ सालमा नेपाली कथानक चलचित्र ‘तिम्रो यादमा’ बाट नेपाली चलचित्र निर्देशमा डेब्यु गरेका थिए।

उक्त चलिचत्रमा तामाङ लाई नायकको रुपमा देख्नको साथै कथा, सम्पादन र निर्देशकको रुपमा पनि देख्न सकिन्छ । चलचित्रले ब्यापार गर्न नसके पनि आफ्नो परिक्षा आफैले लिएको र त्यसबेलाको समयको लागि उक्त चलचित्र सामन्य नै रहेको तामाङ बताउछन्।

त्यस पछिका दिन रंगिन दुनिया डिजिटल प्लेटफर्म तिर लम्के पछि टेलिचलचित्र,म्युजिक भिडियो, डकुमेन्ट्री,सट फिल्म निर्माणले आफुलाइ ब्यस्त बनाएको उनको ठहर छ। त्यसो त फौद प्रिन्स तामाङ चाँडै नै नेपाली चलचित्र फर्कने संकेत समेत गरेका छन् ।कोरोनाले सुस्ताएको चलचित्र बजार तङरिदै गर्दा केही महिना भित्रै आफुले चलचित्र निर्माणको मिति घोषणा गर्ने जानकारी दिएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0