काठमाडौँ । नयाँजनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ।

सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रचार-प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

आज बिहान ८ बजे पनि जसपाको बैठक बसेको थियो। सरकारमा सहभागिताकाबारे थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0