काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गत १८ मंसीरमा निर्णय सुनाउने भनेपनि मिति सरेर आजका लागि तोकिएको हो । उक्त मुद्दामा आज निर्णय सुनाउने भनी पेशी तोकिएको छ ।
लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ ।
त्यही आक्रोशमा प्रचण्डले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध तत्कालिन अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।