निकै तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा हरेक वर्ष नयाँको प्रवेश र पुरानाको बहिर्गमन हुन्छ । तर, यो वर्ष सन् २०२३ भने केही फरक घटनाक्रम पनि रह्यो ।
कतिपय प्रविधि तगा पुराना प्रडक्टहरू बजारमा कमब्याक गर्ने कोसिस गरे, तर दोस्रोपटक पनि असफल भए ।
प्रविधि जगतको कुनै पनि प्रडक्टको अन्त्य हुनुका विभिन्न कारण हुन्छन् । कतिपय प्रविधिहरु पुरानो तथा आउटडेटेड भएर पनि निस्तेज हुन्छन् भने सुरक्षाको दृष्टिकोणले वा फ्लप भएर पनि समाप्तीको चरणमा पुग्दछन् । अनि कहिलेकाही आत्मकेन्द्रित अर्बपतिहरुले ती प्रविधिलाई यत्तिकै सकिदिन्छन् पनि ।
कतिपय विश्वचर्चित कम्पनीका विभिन्न स्वास्थ्य तथा तन्दुरुस्ती सम्बन्धी प्रडक्टहरु पनि यो वर्ष समाप्त भएका छन् । त्यस्तै नेटफि्लक्सले यही वर्ष आफ्नो अन्तिम डिभिडी बिक्री गरेको छ र यो सँगै नेटफि्लक्सले रातो खाममा हालेर ग्राहकको डिभिडी पुर्याउनने युगको अन्त्य भएको छ ।
करिब १० वर्षसम्म नेटफि्लक्सले आइकनिक रातो खाममा हालेर डिजिटल डेलिभरी गरेको थियो ।
सन् २०२३ केही चर्चित ब्राण्डनामको पनि अन्त्यको वर्ष भएको छ । यो वर्ष ट्वीटर नामको मृत्यु भयो र कम्पनीका नयाँ मालिक एलन मस्कले ट्वीटरको नाम फेरेर एक्स राखेका छन्।