काठमाडौँ । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा करेन्ट लागेर ९ जना भक्तजनको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।

बीबीसीका अनुसार वैशालीको औद्योगिक थाना क्षेत्रको सुल्तानपुर गाउँमा बोलवमका लागि हिँडेका श्रद्धालुहरूमाथि उच्च भोल्टेजको तार खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका २ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0