जनकपुरधाम । महोत्तरीमा बालुवा झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय रिदम अधिकारीको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म नफर्किएपछि परिवारजनले खोजबिन सुरु गरेको थियो ।उनको शव खाल्डोमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे दुई बजेतिर फेला परेको हो ।घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0