चितवन,२४ असार । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ ।

आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो ।
आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् ।

लामा आफैंले कार्यालयको गाडी चलाएका थिए । कार्यालयमा सवारी चालक भए पनि लामा आफैंले गाडी लिएर हिँड्ने गर्छन् ।

आक्रमण गर्ने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।लामा र वडाध्यक्षहरुका बीचमा लामो समयदेखि विवाद हुँदै आएको छ ।
विवादका कारणले नगरसभासमेत लामाले गर्न सकेका छैनन् । केही समय अगाडि लामाकै माग अनुसार जिल्ला सुरक्षा समितिले उनको सुरक्षाका लागि एक जना पिएसओ समेत खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0