काठमाडौँ । नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ आज अपराह्न पाँच बजे हुने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन्। सोही अनुसार ५ बजेका लागि तयारी भइरहेको छ।

एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डीपी) ले शपथ लिदै छन्। यी तीनै जना बिना विभागीय मन्त्री बन्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
1
+1
0
+1
1