काठमाडौं । इंग्लिस प्रमियर लिग लिडर लिभरपुलले ब्रेन्टफोर्डलाई हराएको छ।गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ गोलले हराएको हो।ब्रेन्टफोर्डलाई उसकै घरमा हराउन डार्विन नुनेजले लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए।

३५ औं मिनेटमा नुनेजले गोल गरेपछि पहिलो हाफमा लिभरपुल १-० गोलले अगाडि थियो।दोस्रो हाफको ५५ औं मिनेटमा अलेक्सिस म्याक अलिस्टरले गोल गर्दै टिमको अग्रता दोब्बर पारे।

६८ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेका थिए।ब्रेन्टफोर्डका इभान टोनीले ७५ औं मिनेटमा गोल गरेका थिए।८६ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुल ४-१ गोलले विजयी भएको थियो।

जितसँगै लिभरपुलले अंक तालिकामा शीर्षस्थान कायम राखेको छ। लिभरपुलको ५७ र दोस्रो स्थानको आर्सनलको ५५ अंक छ। दुवै टिमले समान २५ खेल खेलका छन्। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५३ अंकसहित तेस्रो स्थानमा छ।

गएराति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २-१ गोलले पराजित गरेको छ भने न्यूकासल र बर्नेमाउथले २-२ गोलको बराबरी खेले। त्यस्तै टोटनहम वुल्भ्ससँग १-२ गोलले पराजित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0