माघ २५ गते । स्मार्ट लाइसेन्स छपाइ अझै अन्योल छ । अझै लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण छपाइको काम सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जानकारी दियको छ ।

विभागका महानिर्देशक उद्धव रिजालका अनुसार जर्मनबाट आएको उक्त कार्डको ल्याब टेस्ट गर्नुपर्ने र गुणस्तर जाँच गरेपछि मात्र विभाले छपाई कार्य सुरु गर्ने छ ।

यातायात व्यवस्था विभागले गत आर्थिक वर्षमा जर्मनीको भूलवर्ग कम्पनीसँग स्मार्ट लाइसेन्स छपाइका लागि १२ लाख थान स्मार्ट कार्ड उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो ।

सोही बमोजिम जर्मनीको भूलवर्ग कम्पनीले पहिलो चरणमा छ लाख थान स्मार्ट लाइसेन्स नेपाल पठाएको हो । ल्याब टेस्ट र गुणस्तर जाँच सकेर विभागलाई हस्तान्तरण गरे लगतै द्रुत गतिमा लाइसेन्स छपाइको काम थालिने उहाँको भनाइ छ ।

कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच सकेर प्राप्त भए लगत्तै लाइसेन्स छपाइ थालीने छ । अहिले विभागसँग एउटा मात्र छपाइ मेसिन भएका कारण छपाइ प्रक्रिया केही लम्बिन सक्ने उहाँ बताउनुभयो ।

विभागका महानिर्देशक रिजालका अनुसार सम्झौता बमोजिमको थप छ लाख थान कार्ड नेपाल आउँदै छ। उहाँका अनुसार उक्त कार्ड अहिले नेपाल आउने चरणमा नै रहेको छ ।

विभागले जनाय अनुसार हाल करिब १४ लाखप्रति लाइसेन्स छपाइ गर्न बाँकी रहेको छ । नवीकरण, हराएको लाइसेन्स र नयाँ गरी दैनिक पाँच हजारको हाराहारीमा लाइसेन्सको माग रहेको छ ।

विभागले करिब १५ लाख प्रति कार्ड र एउटा स्मार्ट छपाई मेसिनका लागि विभागले नयाँ टेन्डर आश्वासन पनी गरेको छ । आगामी साउनबाट नियमित छपाइमा लैजानेगरि तयारी भइरहेको महानिर्देशक रिजालले जानकारी दिनुभयो ।

छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । जसका लागि अनलाइन फारम भर्दा वा नवीकरण गर्दा आफ्नो मोबाइल नम्बर राख्नुपर्ने छ।

लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पुगे नपुगेको जानकारी विभागको वेबसाइटबाट पनि लिन सकिन्छ । परीक्षा पास गरेपछि दुई वर्षसम्म लाइसेन्स कार्ड कुर्नुपर्ने बाध्यता छ ।

विभागले श्रम र अध्ययनमा विदेश जाने, शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारी चालकलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0