मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकरका एक किसानको खोरमा पसेर हिउँ चितुवाले नौ वटा च्याङग्रा मारिदिएको छ।

स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको गोठमा पसेको चितुवाले ३६ मध्ये ९ वटा च्याङग्रा मारेको प्रहरीले जनाएकाे छ। मुस्ताङका डिएसपी भोजप्रसाद पाण्डेका अनुसार ६ वटा च्याङग्रा घाइते छन्।

चितुवाले एउटा च्याङग्रा खाएको र अर्को एउटा लिएर गएको पनि उनले बताए। ‘मध्यरातमा खोर पसेको चितुवाले च्याङग्रा खाएको रहेछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0