काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ५४.५४ अंकले बढ्दा आठ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

कारोबार रकमको आधारमा गत ६ महिना यताकै उच्च रकमको कारोबार भएको हो। मंगलबार सुरुवाती चरणदेखि बढेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला भने उच्च अंकले बढ्यो।

मंगलबार दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको सेयर घट्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक बढेर हरियाली छायो।

सेन्सेटिभ सूचक ९.२६ अंकले बढ्यो भने फ्लोट सूचक ३.९७ अंकले बढ्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ३.३३ अंकले बढ्यो। नेप्सेका १३ उपसूचकमध्ये मंगलबार १३ वटै उपसूचक बढ्यो। मंगलबार सबैभन्दा धेरै बढ्ने उपसूचकमा निर्जीवनबीमातर्फको कम्पनी रह्यो।

सो कम्पनीको उपसूचक २१३.४६ अंकले बढ्यो।त्यसैगरी  जीवनबीमातर्फको उपसूचक पनि १९५.०१ अंकले बढेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि १५१.०८ अंकले बढेको छ।

माइक्रोफाइनान्सतर्फको उपसूचक पनि ११६.०९ अंकले बढेको छ। मंगलबार पाँच वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढ्यो। बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर  पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वायरहाउस कम्पनी रह्यो।

ती सबै कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। मंगलबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा ज्योति विकास बैंक बोन्डको सेयर ९.९९ प्रतिशतले घट्यो। त्यसैगरी हिमालयनको ८०–२० योजनाको ९.७० प्रतिशतले घट्यो।

त्यसैगरी प्राइम डिबेञ्चर कम्पनीको सेयर पनि ५ प्रतिशतले घट्यो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०।६२ विन्दुमा पुगेको थियो।

सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय ६ रुपैयाँको सेयर कारोबार भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1