काठमाडौं । वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् ।
इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए ।
उनले पीएसजीका लागि सन् २०२३ मा नौ गोल गरे । उनले फ्रेन्च लिग वान् उपाधि जितेका थिए । पीएसजी छाडेर इन्टर मियामी गएपछि उनले अमेरिकामा लिग कप जिते । उनले इन्टर मियामीका लागि ७ खेलमा १० गोल गरे ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।
सिटीका इडर्सनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जितेका थिए ।
सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो ।