काठमाडौं | काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तर्गत पध्मोदय माध्यमिक बिध्यालयमा सन्चालित हुने ९० घण्टाको सीपमुलक तालिमको प्रमुख अतिथी महानगरपालिकाका निमित्त प्रसाशकिय अधिकृत तथा शिक्षा अधिकारी सिताराम कोइरालाले समुदघाटन गर्नुभयो|
कार्यक्रम बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद अगस्तीको अध्यक्षता,बिशेष अतिथि वडा न २८ का वडा अध्यक्ष साइराम खड्की,शहरी योजना आयोगका सदस्य शैलेन्द्र झा,बिभिन्न बिधाका परामर्शदाताहरुका प्रतिनिधि,बिध्यालय अभिभाबक संघका प्रतिनिधीहरु,बिध्यालयका प्रधानाध्यपक,शिक्षकहरु तथा कक्षा ९/१० का बिध्यार्थीहरु र अभिभाबकहरुको बाक्लो सहभागीतामा सम्पन्न भयो|
प्रमुख अथिति,अथिति र प्रधानाध्यापक हरुबाट कार्यक्रमको महत्व र मर्मलाई स्पस्ट पार्ने काम भयो साथै बिगतमा देखिएका समस्याहरुलाई निराकरण कसरी गरेर जाने भन्ने कुराहरुपनि राख्ने काम भयो|
कार्यक्रम ३ बिधाको रहने प्लम्बिङ १ ग्रुप-३० जना,हाउस वायरिङ/इलेक्ट्रीकल २ ग्रुप-६० जना र ब्युटिसियन हेयर स्टाइल २ ग्रुप-६० जना हुने र जम्मा ९० घण्टाको समयलाई अरु दिन हरेक शुक्रबार र जाडो बिदामा दैनिक २ घण्टा गरि असार मसान्तसम्ममा सम्पन्न गर्ने र कक्षा १० का बिध्यार्थीहरुको हकमा आउदै गरेको SEE लाई मध्यनजर गर्दै अबस्था हेरि वा अभिभाबकहरुसगको परामर्शमा अगाडी बढ्ने जानकारी बिध्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले जानकारी दिनुभयो |